दार्चुलाको शैल्यशिखर नगरपालिका–५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृ’त्यु भएका सबै बझाङका भएको खुलेको छ ।
कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका–८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा वडाका पाँच जनाको मृ’त्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ । बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए ।
दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शैल्यशिखर नगरपालिकाले ६० लिटर डिजेल र ५० हजार रुपैंया नगद तिरेर गाडी भाडा लिइ श’वहरुलाई बझाङ पठाइएको नगरपालिकाले जनाएको छ ।
मृतक हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको शवलाई शैल्यशिखर नगरपालिकाको सहयोगमा आफन्तहरुको जिम्मा लगाउन बिहिबार (आज) बझाङ पठाइएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिएका छन् ।
सो दुर्घटनामा हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको मृ’त्यु भएको थियो। रैभान र चम्फा श्रीमान–श्रीमती हुन् ।
दुर्घटनामा उनीहरुसँगै गएका छैठौं व्यक्ति धनबहादुर जागरी भने भाग्यवस् बाच्न सफल भएका छन् । घाइते अवस्थामा रहेका उनको गोकुलेश्वर अस्पतालमा उपचार पश्चात् अहिले बुंगल फर्किएका छन् ।
धनबहादुर सहित मृ’तक पाचैं जना रोजगारीकोे खोजिमा दार्चुलाको बाटो हुँदै भारतको धारचुलातर्फ जादैँ थिए ।
जीप अनियन्त्रित भएपछि सडक सतहदेखि करिब २५० मिटर तल खसेको थियो। ५ जनाको सिट पास रहेको जीपमा १४ जना सवार रहेको पाइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
