पञ्चाङ्ग
वि.सं. भदौ ०३, २०७९ । ई.सं. १९ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । शनिबार भाद्र कृष्णपक्ष । तिथि– नवमी, २६;२८ बजे उप्रान्त दशमी । नक्षत्र– रोहिणी, ३०ः५९ बजे उप्रान्त मृगशिरा । योग– व्याघात, २५ः०८ बजे उप्रान्त हर्षण ।
करण– तैतिल १३ः४६ बजेदेखि गर, २६ः२८ बजे उप्रान्त वालव । चन्द्रराशि वृष । आनन्दादि योग श्रीवत्स । दिनमान ३२।२६ । सूर्योदय ५ः३७ । सूर्यास्त १८ः३६ । श्रीकृष्णरथयात्रा, विराटनगर श्रीराधाकृष्ण यात्रा, डोटी सिलगढी मष्टजाँत, पाल्पा तानसेन नारायणी भगवतीयात्रा, गूगानवमी, लपु भिमयात्रा, हिलेजात्रा रामेछाप चिसापानी ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।
