काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन थालेको छ।
बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काएको हो।
प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।
काठमाडौं मल र खिचा पोखरीस्थित आरबि कम्प्लेक्समा बनाइएका संरचना भत्काएको हो। अब बिरा कम्प्लेक्समा संरचना हटाउने महानगरले जनाएको छ।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर संरचना भत्काएको थियो ।
हेर्नुहोस् तस्बिरहरू

भदौ ८ ,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा पासबिनै बनाएका संरचना भत्काउन आँफै एक्शनमा उत्रिएका छन् । मेयर शाह सहित पुगेका महानगर प्रहरीले आज सुन्धारा स्थित काठमाडौं मल, खिचापोखरी रणमुक्तेश्वरमा रहेको आर .बि कम्प्लेक्समा निर्माण गरिएको संरचना भत्काए।
सपिंगमल संग भाडामा ब्यबसाय संचालन गर्दै आएका ति ब्यबसाईले भने आफुहरुलाइ पर्याप्त समय नै नदिइ एक्कासी संरचना भत्काइएमा आक्रोस ब्यक्त गरे।
प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।
नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान अन्तर्गत मेयर शाह सहितको टोलीले न्युरोड ( नयाँ सडक ) क्षेत्रमा रहेका रन्जना कम्प्लेक्स , केसर प्लाजा , बिरा कम्प्लेक्स लगाएतका ब्यबसायिक भवनमा निर्माण गरिएका अन्डर ग्राउण्डमा संचालित पसलहरुको अनुगमन समत गरे ।






