काठमाडौं । खाना पकाउने ग्यास बिस्फोट भएर घाइते भएका ९ जनाको उपचारका लागि भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
बौद्धमा रहेको एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका ७ सहित ९ जनागम्भीर घाइते भएका थिए ।
उनीहरुको उपचारका लागि भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा ९ लाख रुपैयाँ सहयोग गरेको हो ।

पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले सहयोग जुटाएको हो ।
उनीहरुले साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा नै पुगेर सहयोग हस्तान्तरण गरेक थिए ।

