काठमाण्डौं, नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ। उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको हो।
जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
लामिछाने भने क्रिकेट खेल्ने सिलसिलामा हाल देश बाहिर छन्।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्यो ।
प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो ।
