बच्चा चोरको आरोपमा सिराहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चोकमा दुईजना यौनिक अल्पसंख्यकमाथि निर्घात कु टपि ट भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका– ९ डुमरीका ४३ वर्षीया मुन्नी किन्नर र धनुषा हंसपुर मलहनियाका– ४७ वर्षीया चन्दा राउतलाई शनिबार अपराह्न साढे ४ बजेतिर स्थानीय केही व्यक्तिले निर्घात कु टपि ट गरेका हुन्।
‘सिराहाको थलहामा दिदी बिरामी रहेको खबर पाएपछि लहानबाट साथी (चन्दा) सँग गएकी थिएँ,’ मुन्नीले भनिन्, ‘लक्ष्मीपुर चोकमै दिदी भेटिएपछि लहानबाट लगेको तरकारी र स्याउ दिएर फर्किन लागेका थियौँ। एक्कासि कुटपिट भयो।’ उनीहरू लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको पक्षमा काम गर्दै आएको नीलहिरा समाजमा आबद्ध छन्।
मुन्नीका अनुसार सुरुमा लक्ष्मीपुर चोकमा कपडा पसल चलाउँदै आएका स्थानीय मञ्चन यादवले केरकार गरे। आफ्नो भिजिटिङ कार्ड देखाउँदै परिचय दिँदा पनि यादवको नेतृत्वमा स्थानीय १५–२० जनाको समूहले कुटपिट गरेको उनले बताइन्। कुटपिटबाट मुन्नीको शरीर, हात र अनुहारका विभिन्न भागमा चोटपटक लागेको छ भने चन्दाको टाउको र ढाडलगायतका अंगमा चो टप टक लागेको छ। मुन्नी राम्ररी हिँडडुलसमेत गर्न नसक्ने भएकी छन् छिन्।
घटनापछि लहानस्थित नीलहिरा समाजले यौनिक अल्पसंख्यक भएकै कारण बच्चा चोरको आरोप लगाएर निर्घात कु टपि ट गरिनु आफूहरूको अस्तित्वमाथि धावा र मानव अधिकारको हनन भएको जनाएको छ। यता, जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले यौनिक अल्पसंख्यक भएकै कारण विनाकारण कुटपिट भइरहेको खबर पाएपछि प्रहरीले नै उद्धार गरी जोगाएर सिराहा ल्याएको बताए।
पीडितहरूले कानुनी उपचारका लागि लिखित उजुरी दिए त्यसका लागि प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बुढाथोकीले बताए।
