भिनेत्री श्वेता अधिकारीले गर्भवती भएको फोटो पहिलो पटक सार्वजनिक गरेकी छिन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा दुईवटा तस्बिर पोस्ट गरेकी छिन् ।
तस्बिरमा श्वेताले कालो पहिरन लगाएकी छिन् भने उनका श्रीमान् विजयन्द्र सिंह रावत निलो सर्ट र कालो पाइन्टमा देखिएका छन् । यी दुई निकै खुसी देखिएका छन् ।

उनले फोटो पोस्ट गर्दै विभिन्न ह्यासट्यागसमेत प्रयोग गरेकी छिन् । ‘प्रेगनेन्सी पिक्चर्स’, ‘वर्किङमम’, ‘बेबी बम्प’, ‘ब्लेस्ड’ लगायतका कि–वर्ड प्रयोग गरेकी छिन् ।
उनको यो पोस्टमा हालसम्म ३ सय बढीले बधाई तथा शुभकामनासहित कमेन्ट गरेका छन् भने लगभग ११ हजारले लाइक गरेका छन् । श्वेताले कार्तिकतिर आफ्नो पहिलो सन्तान जन्माउने अपेक्षा गरिएको छ ।
