काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले ठूला पार्टीका ट्रेड युनियनहरुमा अर्थवादी ुट्रेण्डु देखा परेको बताएका छन् ।
पार्टी निकट युनियनकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले श्रमिकलाई आन्दोलनमा पठाएर नेताहरू साहुसँग लेनदेनमा लाग्ने गरेको आरोप लगाए ।
उनले भने( ठुला पार्टीका युनियन श्रमिकसँग मिलेर ऊनीहरूको हकहितका लागि लड्ने भन्छन् । तर ती नेताहरू नै साहुसँग सम्झौता गरेर पैसा कमाउने गर्छन् ।
मन्त्री श्रेष्ठले पार्टी निकट युनियनकर्मीलाई जनत र श्रमिकको हितका लागि लड्न पनि निर्देशन दिए ।
ट्रेड युनियनहरुको आवश्यकता कामको सुरक्षा, सेवाको सुरक्षा, सुनिश्चित भविष्य र समान ज्यालाको हक अधिकारका लागि भएको बताए ।
