काठमाडौं ; विशेष गरि सुदुर तथा मध्यपश्चिमको पहाडी भागमा लोक प्रिय बाजा हुड्को बाजा हुड्केउलि पात्रलाई समेटिएर यो गित तयार पारिएको छ ।
आफ्नै शब्द तथा संगित रहेको चक्र बमको नयाँ गित पाहाडी गित”छम्म छम्म” आज मात्रै चक्र बम युटुब च्यानल मार्फत एका बिहानै सार्वजनिक भएको हो । यस गितको भिडियोमा सुदुरपश्चिम तथा मध्यपश्चिमको कला ,सस्कृति र चालचलनलाई देखाइएको छ ।
उक्त म्युजिक भिडियोमा गायक चक्र बमले एक्लै अभिनय गरेका छन् साथमा अरु कलाकार संगै युवा पुस्ताका लोकप्रिय मोडल जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा पनि म्युजिक भिडियोमा फरक शैलीमा देखा परेका छन् ।
चर्चित निर्देशन बिक्रम चौहानको निर्देशनमा तयार पारिएको यस गितको भिडियोको छायाङकन प्रकाश खड्काले गरेका हुन् । यस अघि आफुले थुप्रै गितहरु ल्याए पनि यो गितलाई अन्य भन्दा केहि फरक किसिमले ल्याएको गायक चक्र बमले जानकारी दिनुभयो ।
यो गीतको म्युजिक भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो
