काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले यात्रुलाई मास्क र पानी वितरण गरेको छ । वाईसीएल नेपाल भक्तपुरले दसैँमा घर हिँडेका यात्रुलाई सुर्यविनायकमा यात्रा सफलताको शुभकामनासहित मास्क र पानी वितरण गरेको हो ।
माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ सामाजिक सञ्जालमार्फत मास्क र पानी वितरण गरेको जानकारी गराउँदै भक्तपुर वाईसीएललाई धन्यवाद दिएका छन् ।
