काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ ।
काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।
गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न मात्रै पनि घण्टौँसम्म जाममा बस्नुपरेकाे छ ।
दैनिक हजारौँको सङ्ख्यामा मानिसहरूले काठमाण्डाै उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको छ । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण मानिसहरूको आवतजावतमा समस्या भए पनि यस वर्ष भने निर्वाधरूपमा मानिसहरू हिँडिरहेका छन् । यात्रुले टिकट नपाउने समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
