काठमाडौं । सर्वोच्च अदालतले बहराइनको राजदूतमा सिफारिस गरिएका युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।
मन्त्रिपरिषद्ले गरेको सिफारिसविरुद्ध वरेको रेको रिट निवेदनको सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नियुक्त नर्गन आदेश दिएको हो ।
“निर्देशिकाले तोकेको शैक्षिक योग्यता निजको हकमा ‘प्रथम दृष्टि’ रूपमा नै पुगेको नदेखिएकाले विपक्षीमध्ये युवराज कार्कीको हकमा मन्त्रिपरिषद्को मिति २०७८।१।२५ को मित्रराष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिस निर्णय यो निवेदनको अन्तिम टुंगो नलागेसम्मको लागि कार्यान्वयन नगर्नू/नगराउनू,” सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।
गत वैशाख २५ गते मन्त्रिपरिषद्ले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरेर बहराइनको राजदूतमा कार्कीलाई सिफारिस गरेको थियो ।


