काठमाडौं l डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभाको निर्वाचन लड्न गुल्मीका सागर ढकालले उम्मेदवारी दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले उम्मेदवारी दर्ता गर्दै अब २ दिन भोकै ब्रत बसेर देशका लागि संकल्प गर्नेे समेत बताएका छन्। मनोनयन दर्तापछि प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन्। ‘हामीले उम्मेदवारी दर्ता गरेका छौ,’ उनले भने, अब २ दिन ब्रत बसेर देशका लागि संकल्प गर्छौ। केही पनि नखाएर ब्रत बस्छु। आजबाट नयाँ युगको सुरुवात भएको छ। हामी चुनावी तयारीमा जुटिसकेका छौ।’
यस्तै उनले डडेल्धुराका जनताले आफूलाई जिताउने र नातावाद नहेरेर देश र विकासका लागि लाग्नुपर्ने बताए।
