काठमाडौं– लोकप्रिय कलाकार हरिवंश आचार्यले आफूहरूमार्फत् चुनावी प्रचार–प्रसारको आशा नगर्न अपिल गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन नसक्ने जनाएका छन्।
‘देशमा जब निर्वाचन नजिकिन्छ। त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्छन्,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर।’
यस्तो छ आचार्यले गरेको अनुरोध
कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो ।मलाई चुनाबमा मद्दत गरिदेला ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता ,नाता लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु।
