काठमाडौँ – बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडि अब विवाह बन्धनमा बाधिने भएकाे छ ।
लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडिले आगामी चैत्र महिनामा विवाह गर्न लागेकाे हाे ।
भारतीय सञ्चार माध्ययमका अनुसरा सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा यी दुईबीच विवाह हुनेछ । सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो । फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो ।
बलिउड लाइफ म्यागजिनका अनुसार यी दुईबीच गोप्य रुपमै बिहेको तयारी भएको छ । निकट परिवार र आफन्तको उपस्थितिमा वैवाहिक कार्यक्रमको योजना बनाइएको छ । बलिउडबाट खासै धेरै जनालाई निम्तो नगरिने र सिद्धार्थको परिवार तथा नातेदारको उपस्थितिमा दिल्लीमा विवाह हुने जनाएको छ ।
सुरुमा उनीहरुले कोट म्यारिज गर्नेछन् अनि बिहे रिसेप्सन पार्टीको आयोजना गर्नेछन् ।
