अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । सामाजिक संजाल मार्फत छोरीसँगको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिइरहन्छिन् ।

केहि पहिला उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ । भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर चरा नियालिरहेको देख्न सकिन्छ । जहाँ उनी रमाइरहेको देख्न सकिन्छ ।

उनको तस्बिरमा बिभिन्न प्रतिक्रिया आइरहेका छन् । एक फ्यानले लेखेकी छन्- सुत्केरीलाई चिसो लाग्ला सिस, बाक्लो कपडा लगाएर पटुका बाध्नु ,ज्यान बन्छ, चिसो पनि लाग्दैन।

त्यस्तै पछिल्लो पटक पनि उनी छोरीसँग निकै रमाइरहेको देख्न सकिन्छ । केहिले भने हट मम्मी भन्दै प्रतिक्रिया दिइरहेका छन् । तस्बिरमा उनी दुइ चुल्ठी बाटेर छोरीसँग रमाइरहेकी छिन् ।

