बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो। जिप सडक बाट दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।
सुपप्र ०१ ००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ७ जनाको मृ त्यु र १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मृत्यु हुनेमा(मष्टा गाउँपालिका २ का १३ बर्षिया सम्झना खड्का,१५ बर्षिय रोशन खड्का,२८ बर्षिया बसन्ती धामी,१३ बर्षिय प्रचन्ड खड्का,३८ बर्षिय बिरेन्द्र अधिकारी,७ महिनाकी बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका ७ कञ्चनपुरका ४२ बर्षिय झरेन्द्र बोहरा रहेका छन्।
घाइते हुनेमा मष्टा गाउँपालिका( २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा,गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा( १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको छ। अरु बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ ।
दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।
-अर्थ जङ शाही (बझाङ)
