अघिल्लो वर्ष साउनमा रोल्पा नगरपालिकाकी एक किशोरी तारा ‐नाम परिवर्तन) १३ वर्षको उमेरमा छिमेकी आफन्तबाटै बला,त्कृत भइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले गत साता १४ वर्षको उमेरमा छोरा जन्माइन्। आफू यौ,न शो,षणमा परेको कुरा परिवारमा भन्न नसकेकी उनको पेट बढ्दै गएपछि आमाले सोधखोज गरिन्। बच्चा जन्मिनुभन्दा ४ हप्ताअगाडि मात्र उनी गर्भवती भएको थाहा भयो। तारा बला,त्कार,पछि गर्भवती भएको थाहा भएपछि बला,त्कार गर्ने १८ वर्षे किशोरलाई प्र,हरीले प,क्राउ गरी कानुनी प्रक्रियामा लगेको छ।
बला,त्कारपछि १४ वर्षको उमेरमा छोरा जन्माएकी ताराको छोरा यति बेला उनीसँग छैन। जिल्लाका स्थानीय महिला अधिकारकर्मीको चाँजोपाँजोमा नवजात शिशुलाई धर्मपुत्रका रूपमा अरू कसैलाई जिम्मा लगाइएको छ। का,नुनी प्रक्रियापछि मिलाउँदै गर्ने गरी तारालाई ‘कसैले २ हजार र एक जोर कुर्तासुरुवाल दिएर नवजात शिशु छोरा बनाउन लगेको थाहा छ। १० महिना गर्भमा राखेर जन्माएको छोराको यादले तारालाई बेलाबेला झस्काउने गर्दछ। बच्चालाई दूध खुवाउन नपाएपछि शारीरिक समस्या पनि झेलिरहेकी उनलाई मानसिक रूपमा थप पीडा सुरु भएको छ।
भर्खरै एकदुई पटक महिनावारी सुरु भएकी ताराले यौ,न र यौ,वनबारे बुझ्न नपाउँदै आमा बन्नु परेको पीडा कल्पनासमेत गर्न सकिँदैन। सानो उमेरकी उनी यतिबेला शारीरिक तथा मानसिक रूपले जोखि,ममा छिन्। ताराले पढाइसँगै जीवनका हरेक घुम्ती अपूरा देख्न थालेकी छिन्। पढ्ने रहर छ तर विद्यालय जानसक्ने अवस्था छैन। ‘मेरो छोरा अरूले लगे।
दुई हजार र एकजोर कुर्तासुरुवाल दिएका छन्,’ बच्चा सम्झिँदै तारा भन्छिन्, ‘आफूले जन्माएको छोरा हो, माया त लाग्छ नि तर के गर्नु आफूसँग राख्न सक्ने अवस्था भएन।’ अवसर पाए पढ्ने चाहना रहेको बताउने उनी भन्छिन्, ‘गाउँघर चारैतिर मेरोबारे हल्ला चलिसकेको छ। स्कुल जानसक्ने अवस्था छैन। टाढा गएर पढ्न सक्ने हैसियत छैन।’ ताराकी आमाका अनुसार गाउँ गए उनकी छोरीलाई गाउँ निकाला गर्नेबारे छलफलसमेत भइरहेको छ।
सुरक्षा आवासमा दैनिकी कटाइरहेकी उनलाई अगाडिको जीवन अँध्यारो रहेको अनुभूति हुन थालेको छ। ‘तारा यतिबेला मानसिक तनावमा छिन्। घर गाउँतिर त जाने अवस्था छैन। वरपरका विद्यालयमा पनि लाजका कारण उनी जान रुचाउँदिनन्।’ तारालाई मनोविमर्श सेवा दिइरहेकी एक मनोविमर्शकर्ता भन्छिन्, ‘यतिबेला उनलाई सहयोग, माया र आफ्नोपनको खाँचो छ। पढाइ निरन्तरता वा अन्य स्वरोजगारमूलक तालिमका लागि जिल्लाबाहिर लान सकियो भने अलि सहज हुने देखिन्छ।’
जिल्लामा बल,त्कारका घटना बढ्दै गए जस्तै बालविवाहका घटना पनि बढ्दो क्रममा छन्। गएको ११ महिनामा रोल्पा अस्पताल आएका ३ सय ८ सुत्केरीमध्ये ४६ जना २० वर्षभन्दा कम उमेरका थिए। तीमध्ये ९ जनामा जटिलता देखिएपछि अप्रेसन गर्नुपरेको थियो। त्यस्तै ३ सय ९४ जना गर्भ जाचका लागि आएकामा ५५ जना २० वर्षभन्दा कम उमेरका थिए। एक सय ३४ जनाले गर्भपतन सेवा लिएकामा १७ जना २० वर्षभन्दा मुनिका बालिका रहेको तथ्यांक छ। गत आवमा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका ४ सय ३१ मध्ये एक सय ७ जना २० वर्षमुनिका छन्। तीमध्ये १४ किशोरीको सुत्केरीको समयमा जटिलता देखिएपछि अप्रेसन गर्नु परेको थियो।
सामाजिक तथा मानवीय विकासका सवालमा केन्द्र र प्रदेश सरकार निकम्मा भए जस्तै स्थानीय सरकार पनि सकारात्मक नभइदिँदा विकृति घट्नुका साटो बढ्दै गइरहेको छ। हरेक वर्ष बढ्दै गएको बालविवाह, बला,त्कारजस्ता घटना घट्नु,lको साटो बढ्दै गएको तथ्यांक देखिन्छ। विकास भनेको सडक हो भन्ने बुझाइका कारण सामाजिक तथा मानवीय विकासले गति लिन नसकेको हो। जिल्लामा वर्षेनि हुने दर्जनौं बालविवाहबारे सबैलाई जानकारी हुने गरेको भए पनि उजुरी नपरेका कारण प्र.हरीले कार,बाहीको प्रक्रियामा लैजाने गर्दैन।
ढिलो विवाह गरेपछिको बेफा,इदाबारे जानकारी नै नपाएका रोल्पाली सानोमा बिहे गर्ने र बच्चा जन्माउनेलाई सहज मान्छन्। परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत् छ। बालविवाहपछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्र,वाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ।
