सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्या न मा र्ने ध म्की दि ए को थियो। तकिया मुखमा कोचेर मा र्न खो जेको थियो। उनी त्यतिबेला हातमा दाँतले टो के र बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै झ गडा गर्दैछ। तपाईंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’
त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हेयौं। त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
