काठमाडौं। बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएसँगै उनको यो वर्षको तिहार जेलमै बित्ने भएको छ । भोलिबाट तिहारको विदा सुरु हुँदैछ ।
आज (आइतबार) जिल्ला अदालत काठमाडौंंले लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि ४ दिनको समय म्या थपिएको थियो । सो म्याद सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा आज थप २ दिन थुनामै राखेर अनुशन्धान गर्न समय थपेको हो ।
बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप २ दिन म्याद थपिएको छ । अघिल्लो पटक थपिएको म्याद सकिएपछि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिन समय दिएको हो ।
जिल्ला अदालत काठमाडौंले असोज २४ गतेदेखि २० गतेबाट गणना सुरु हुनेगरी सात दिनको म्याद दिएको थियो । असोज ७ गते दोस्रो पटक पुनः म्याद थप गरेको थियो । त्यसैगरी, कात्तिक २ गते चार दिनको म्याद थपिएको थियो ।
सन्दीपमाथि नाबालिगले सिनामंगलस्थित एक होटलमा राखेर आफूमाथि पटक–पटक बलात्कार गरेको आरोप लगाउदै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी दिएको समय सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्नका लागि नेपाल बाहिर थिए ।
