काठमाडौं । लाइभ लोक दोहोरी गायिका बबिता बानिया ‘जेरी’लाई पति तथा गायक शंकर क्षेत्रीले डिर्भोस दिन खोजीरहेका बेला जेरी शंकरको सम्पर्कमा छैनन् । आँफुले डिर्भोस दिन चाहेकी पत्नि सम्पर्कमा नआएपछि शंकरले जेरीलाई माइतीमा धेरै बसेको, आफुलाई नटेरेको लगायतका आरोपहरु लगाउँदै अन्तरवार्ता दिन भ्याए ।
युट्युब च्यानल ‘के छ नेपाल’ का लागि गायिका अनिता चलाउनेलाई लामो अन्तर्वार्ता दिँदै शंकरले जेरीसँगको सम्बन्धबारे वृतान्त सुनाएका हुन् । जेरीले मरिहत्ते गरेर पछि लागेपछि आफूले उनलाई प्रेम गरेको शंकरले बताएका छन् । दाम्पत्य सम्बन्धमा दरार आउनुमा जेरीलाई नै उनले जिम्मेवार ठहर्याएका छन् ।
‘एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् ।
शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ । आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डिभोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका छन् ।
यसअघि शंकरले दिएका अन्तरवार्तामा उनले नै छोडपत्रको निर्णयमा पुग्न लागेको स्विकार्दै आएका थिए । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै कानूनी रुपमा अलग हुने शंकर स्वयमले विभिन्न युट्युब अन्तरवार्तामा दिएको केही समयमा नै जेरी शहंकरको सम्पर्क भन्दा बाहिर गएका खबरहरु पनि आए ।
विबाहको ३ वर्षपछि डिर्भोसको संघारमा रहेका उनीहरुकी एउटी २ वर्षकी छोरी पनि छिन् । खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर हुन् । जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् ।
अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावनाका बिच यो जोडी डिर्भोसका लागि यो जोडी कार्यालय खुल्ने दिनको प्रतिक्षामा रहेको भएता पनि डिर्भोस चाहेका शंकरले नै अहिले आफ्नो पुरानो अडान फेरेपछि जेरीलाई भने राहात मिलेको छ । यस विषयमा जेरीले आफ्नो प्रतिक्रिया भने दिएकी छैनन् ।
