वरिष्ठ अधिवक्ता हरिहर दाहालले विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको बताएका छन् । सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले पहिलो पटक संसद पुनःस्थापना भएपछि विपक्षी दलले प्रधानमन्त्री हटाउन लाग्नुपर्नेमा अल्मलिँदा राजनीतिक समस्या बढेको बताए ।
माओवादीले सरकारलाई दिएको समर्थन समयमै फिर्ता नलिनु पनि रहस्यको विषय भएको उल्लेख गर्दै संसद पुनःस्थापना भएको बेला सरकार हटाउन नसक्नु कमजोरी भएको उल्लेख गरे । नेपालको राजनीतिमा गठबन्धनहरू परिवर्तन भइरहने बताउँदै नेताहरूलाई पर्दा पछाडिबाट च्याम्पट्टी घुमाए जसरी कसले घुमाउँछ भन्दै प्रश्न गरे ।
