काठमाडौ: पोखरामा राष्ट्रिय वाणिज्य बैंकमा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारले बिरौटास्थित वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएको खुलेको हो ।
हाल हिरासतमा रहेका सुनारले ऋणको किस्ता तिर्न नआएपछि सुन जाँच गर्दा नक्कली भएको खुलेको बैंकलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
