काठमाडौं । नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक २ ९१० का उम्मेदवार अमानसिं तामाङका छोरो पैसा बाँडेको आरोपमा पक्राउ परेका छन्।
मौन अवधिमा पैसा बाँडेको अभियोगमा एमाले उम्मेदवार अमानसिंका छोरा छत्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इन्द्रावती गाउँपालिका ७ मा पैसा बाँड्दै हिँडेको अवस्था गठबन्धनका कार्यकर्ता रोकेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनको साथबाट नगद र विभिन्न बैंकको चेकबुक बरामद गरेको जनाइएको छ। उम्मेदवार तामाङ हालै नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन्।
चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दोस्रो पटक टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए। उनीसँग गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार युवराज दुलाल शरद चुनावी मैदानमा छन्।
