काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको ‘शंकास्पद वस्तु’ नेपाली सेनाले निस्क्रिय पारेको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो।
अहिले यो क्षेत्रको स्थिति सामान्य रहेको छ। मतदान कार्य जारी छ।
