दार्चुलाको व्यास गाउँपालिका–४ डोकटमा एक होटेल व्यवसायीको ह त्या भएको छ। खलंगा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको ह त्या भएको प्रहरीले जनाएको छ।
मतदान गर्न खलंगाबाट व्यास गएका बेला उनको ह त्या भएको र श व सुनसेराको खोला किनारमा फेला परेको थियो।
मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा श व भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला–तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।
