कविता:
सिमसिमे वर्षा पानीका साथै महिना असार
हुने भयो पूरा वर्ष दिनको किसानको रहर
युगौदेखि धान रोपाई चल्दैछ आएको
विशेष महत्वले यसलाई असार १५ मा पुर्याएको
असार १५ मा धान दिवस मनाइन्छ
धानको बिउ लिइ दोहोरी रोपाई गाइन्छ
धान दिवसमा मानो रोपेर मुरी उब्जाइन्छ
खेतमा रोपाई सँगसँगै हिलो छ्यापिन्छ
१४ वर्ष भयो धान दिवस मनाएको
यहि दिन दही चिउरा खाँदै आएको
रोपाई सकियो भनि दही चिउरा खाइन्छ
भनिन्छ दही चिउराले सितलता पाइन्छ
बुढापाका, बच्चा रमाउँछन् हर्षले भरिपूर्ण
असार १५ सबै किसानका लागि महत्वपूर्ण
उत्तरी हिमालदेखि तराईंका किसानमा
सबैलाई धन्यवाद दिँदै असार १५ को शुभकामना।
(प्रज्ञानी नारायण एक्सेल्सियर स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)
