केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । उनी तेह्रथुमको म्याङलुङ नगरपालिका ९१ बसपार्कस्थित सन्तोषी होटलमा० अवस्थामा मृत फेला परेकी थिइन् । होटलको कोठामा झु ण्डि एको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।
नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ बसेको कोठामा उनी मृत फेला परेकी हुने । खम्बरसिंह विगत चार दिन देखि सोही कोठामा बस्दै आएका थिए । पुरुष बसेको कोठामा युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले ति पुरुषलाई पनि नियन्त्रणा लिएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती पनि कोठामा आएकी थिइन् । बाकी भिडियो हेर्नुहोस
