अमेरिकामा भएको यो घटना निकै मर्मस्पर्सी छ । १२ वर्ष अघि विवाह गरेका उनका श्रीमानले उनी आफ्नी श्रीमती हुन् भन्ने नै विर्सिए । तर अचम्म के भयो भने उनका श्रीमान दोस्रो पटक पनि उनीसंगै प्रेममा परेर र फेरी विवाह गरे । उनलाई थाहा थिएन श्रीमान यस्तो रोगवाट गुज्रिरहेका छन् । सुरुमा उनले आफुले के बोलिरहेको छु भन्ने विर्सन्थे ।
पछि उनले बोल्ने बेलामा शब्द बनाउनै विर्सिए । उनीहरुलाई लाग्यो यो सबै उमेरका कारणले लागेको हो । तर गत डिसेम्बर महिनाको एउटा शनिवार साँझ । पिटर र लिसा मार्शल सोफामा बसेर मन पर्ने टेलिभिजन शो हेरिरहेका थिए । त्यसबेलामा पिटरले लिसालाई हेरे अनि मसँग बिहे गर्छ्यौ भनी सोधे ।
लिसाका लागि त्यो समय निकै खुसी र दुखी दुवै थिए । उनका श्रीमान उनीसंगै प्रेममा दोस्रो पटक परेका थिए त्यो खुसीको कुरा थियो भने उनले पहिले नै विवाह गरिसककेको छु भन्ने विर्सिए त्यो निकै दुखद् कुरा थियो । तर पिटर र लिसाको धेरै अघि बिहे भइसकेको थियो । पिटरलाई स्मरणशक्ति गुम्ने अल्जाइमर नामक रोग लागेको थियो । तीन वर्षअघि यो रोग लागेपछि उनले लिसासँगको प्रेम र विवाह सबै बिर्से ।
‘यसले मुटु छि या छि या बनाउँछ,’ लिसाले सीएनएनलाई बताइन् । ‘हामीले नयाँ स्मरणहरू बनाएका छौं तर म उनलाई जतिखेर त्यो क्षण सम्झन्छौ भनी सोध्नुपर्दा पीडा अनुभव गर्छौं । म उससँग मिलेर पुराना कुरा सम्झन चाहन्छु तर पिटर केही पनि सम्झन सक्दैनन् । अहिले तत्कालको कुरा त उनी सम्झँदैनन्, २० वर्षअघिको कुरा कहाँबाट याद हुनु उनलाई ?’
यो जोडीको विवाह भएको १२ वर्ष बितिसकेको छ । उनीहरू पेन्सिल्भेनियामा छिमेकी हुँदा भेटघाट भएको थियो । त्यतिखेर उनीहरूको अर्कैसँग विवाह भइसकेको थियो र बच्चा हुर्काइरहेका थिए ।
पछि उनीहरूले आआफ्ना जोडीसँग पारपाचुके गरे अनि सन्तानहरू हुर्केर कलेज जान थालेपछि विवाह पनि गरे । पतिमा क्रमशः परिवर्तन आउँदै गएको लिसाले अनुभव गरिन् । तर त्यसलाई स्वीकार्न उनलाई गाह्रो भयो । उनी साँचो कहाँ राखेको छ भन्ने नै बिर्सन थाले । अनि वालेट भुल्न थाले । पछि गएर त उनी शब्द र तिनको अर्थ पनि बिर्सन थाले । उनलाई वाक्य बनाउन नै गाह्रो हुन थाल्यो ।
आफूहरू बूढो हुँदै गएकाले यस्तो समस्या आएको भन्ने उनलाई लाग्यो । स्वास्थ्य जाँचपछि सन् २०१८ मा पिटरलाई अल्जाइमर रोग लागेको थाहा भयो । अनि पिटरका लागि सबै स्मृतिहरू विलुप्त हुँदै गए । उनले लिसासँगको विवाह नै बिर्से । अहिले आएर उनीहरूबीच पुनर्विवाह भएको छ तर यो कुरा उनले पुनः बिर्सन सक्ने सम्भावना बाँकी छ ।
