काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपमान्तरण गर्ने भएको छ । मंगलबार बसेको केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।
बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनकाअनुसार धेरै विषय १८ गतेको केन्द्रीय कमिटीबाट टुङ्ग्याइने छ ।
