काठमाडौं । नेपाल प्र,हरी ,नेपाली सेना र सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको नयाँ भर्ना कोभिड– १९ र आयोग पदाधिकारीविहीन हुँदा अनिश्चित भएको नयाँ विज्ञापन दसैँ–तिहारपछि आह्वान हुने भएको छ ।
निजामतीतर्फ राजपत्रअनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असइ र जवान (प्राविधिक), सशस्त्र प्र’\हरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन गत फागुन–चैतमा आह्वान गर्ने कार्यतालिका थियो ।
तर, अब यी विज्ञापन दसैँपछि मात्र आह्वान हुनेछन् ।
यस्तै नेपाली सेनाको जवानकाे विज्ञापन पनि दशै पछि मात्रै खुलाउने तयारी रहेको स्रोतले बतायो ।०७७ मा आह्वान हुने भनिएका विज्ञापनलाई ०७८ को कार्ययोजनामा समावेश गरेर क्यालेन्डर बनाइने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।
‘अब परीक्षा, अन्तर्वार्ता र नतिजा प्र\काशनको प्र\क्रिया सुरु हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘नयाँ विज्ञापन दसैँपछि मात्र हुने भयो, आगामी वर्षलाई असर नपर्ने गरी कार्यतालिका बनाउँदै छौँ । नयाँ पत्रिका
