काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको स्पष्ट पारेको छ ।
बैंकले कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको भन्दै अनधिकृत रुपमा बनाइएको फेसबुक पेजबाट कुनै पनि सूचना नलिन आग्रह गरेको छ । बैंकले राष्ट्र बैंकको नाममा फेसबुक बनाई भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
यसरी अनधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।
राष्ट्र बैंकले बैंकको नाममा बनाइएको अनधिकृत फेकबुक पेजबाट फैलाइएको भ्रामक पोस्टमा विश्वास नगर्न पनि अपिल गरेको छ ।
