काठमाडौं । महामारीका कारण दुई महिनादेखि बन्द भएको आन्तरिक नियमित उडान विहिवाटबाट संचालनमा आएको छ। मन्त्रिपरिषद्को बैठकले सिट सङख्या तोकेर उडान गर्न दिने निर्णय गरेसंगै विहिवारवाट आन्तरीक उडान सुरु भएको हो । सार्वजनिक सवारी साधन बस भने अझै खुलेका छैनन् । जसका कारण हवाई उडान एक मात्र निर्विकल्प साधन भनेको छ ।
पहिलो दिन नै विमानस्थलमा यात्रुको चाप देखिएको छ । तर मौसमले भने उडानलाई समस्या पारेको छ । काठमाडौ लगायत केही ठाउँमा बुधवार मध्यराती देखि नै ठूलो वर्षा जारी थियो । विमान कम्पनीहरुले जहाजको ८० प्रतिशत सिट भरिएको बताएका छन् । जोखिम कायमै रहेका कारण अत्यावश्यक कामका लागि आउजाउ गर्ने यात्रु मात्र हिँडेको हवाई कम्पनीहरुको बुझाई छ ।
नागरिक उड्डयन प्राधिकरणले तयार पारेको उडान तालिका अनुसार आन्तरिक उडानमा बुध्द, श्री, यती, सौर्य, तारा, समिट लगायत वायुसेवा कम्पनीले दैनिक क्रमशः ३१, १५, ७, ३, १, २ वटा उडान गर्ने छन्।
दुई महिनापछि खुलेको आन्तरिक उडान मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ। बिहानैदेखि पानी परेका कारण भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकुलताका कारण यतिखेर विभिन्न आन्तरिक गन्तव्यको उडान १५ मिनेटदेखि आधा घण्टाको फरकमा भइरहेको छ। पोखरातर्फको उडान भने अहिलेसम्म पनि हुन नकसेको वायुसेवा कम्पनीले जनाएका छन्।
