काठमाडौ । उदयपुरमा प्र,हरी र स्थानियबीच झ ड प भएको छ । बेलका नगरपालिकास्थित सप्तकोसी टप्पुमा कबुलियत वन बनाउने निर्णय पछि रिसाएका स्थानिय आन्दोलनमा उत्रिएका छन् । प्र,हरीले अवस्था विग्रन नदिन बल प्रयोग गर्दा झ ड प भएको हो ।
वर्षौंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको वि,रोध गरेका हुन् ।
नगरपालिका घेराउ गर्ने क्रममा आज स्थानीय र प्र,हरीबीच बवा,ल भएको हो । घटनामा ४ प्र,हरी र डेढ दर्जन भन्दा बढी सर्वसाधरण घा,इते भएका हुन । प्र,हरीले भिड हटाउन गर्न २५ सेल अ श्रु ग्यास र १० रा उ न्ड ह वाइ फा य र गरेको छ ।
यो अर्को समाचार, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन ।
‘असारको २० वा २१ गते हुन सक्छ’ उनले भने । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।
