फर्सीको मुन्टाका छन् यतिधेरै फाइदाः मधुमेह, क्यान्सर जस्ता समस्याका लागि गुणकारी हुन्छ
तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ। तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग।
उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो। तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ। फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ। त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ।
फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ। फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ।
युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ। फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ।
जानौँ फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे :
बढ्दो उमेरलाई छेक्न
फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ। यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस्।
कोलेस्ट्रोललाई नियन्त्रण गर्न
अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन्। तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ। फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ।
आँखा स्वास्थ्यको लागि लाभकारी
फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ। जुन हाम्रो आँखाको लागि राम्रो हो। साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ।