बलिउड अभिनेता तथा ‘मि’स्टर पर्फे’क्श’निस्ट’ उपनामले परिचित आमिर खानले दोस्रो श्रीमती किरण रावसँग पनि स’म्बन्धवि’च्छेद गर्ने घोषणा गरेका छन् । । यो आमिरको दोस्रो बिहे थियो । आमिर र किरणले विवाहको १५ वर्षपछि आपसी सहमतिमा स’म्बन्धवि’च्छेदको घोषणा गरेका छन् । यी दुईले २८ डिसेम्बर २००५ मा बिहे गरेका थिए । स’म्बन्धवि’च्छेदका विषयमा आमिर र किरणले आ’धिकारिक वक्तव्य जारी गरेका छन् ।
यी दुईले लेखेका छन् ‘१५ वर्ष बिताउने क्रममा हामीले हाँसीखुसी हरेक पल बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथमा अघि बढिरह्यो । अब हामी जीवनको नयाँ अध्याय सुरु गर्नेछौं जो पति पत्नीको रुपमा नभइ साझा अभिभावक र एक अर्काको लागि परिवार जस्तै रहनेछ । हामीले केही समय पहिले छुट्टिने योजना बनायौं र अब हामी छुट्टाछुट्टै बस्ने व्यवस्थामा सहज छौं । हामी छोरा आजादको लागि सहअभिभावक बनिरहनेछौं र उनको अभिभावकत्व जारी रहनेछ ।’
हामी फिल्महरुका साथै आफ्नो पानी फाउण्डेशन र अन्य सबै पेजेक्टमा साथ काम गरिरहनेछौं जसमा हाम्रो रुचि हुनेछ । हाम्रा साथीहरु र परिवारलाई आभारजसले हामीलाई यस क्रममा लगातार सहयोग गर्नुभयो । उहाँहरुको सहयोगबिना हामी यो फैसला लिन सक्षम हुन सक्दैनथ्यौं । हामी आफ्ना शुभचिन्तकबाट यो आशा गर्छौं कि हामीलेजस्तै यो स’म्बन्धवि’च्छेदलाई अ’न्त्य होइन नयाँ सफरको सुरुवातको रुपमा हेरिदिनुहोला ।
फिल्म ‘लगान’ को सेटमा पहिलो पटक भेट भएका आमिर र किरणले २००५ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्ध प्रेम र विश्वासले भरिएको थियो । आजादको स’रोगे’सी र निकै सानदार पेरेन्टिङको मामलामा पनि उनीहरुको स’म्बन्धलाई एउटा उदाहरणको रुपमा लिने गरिन्छ ।
उनीहरुको पहिलो भेट फिल्म ‘लगान’को सेटमा आमिर अभिनेता थिए भने किरण सहायक निर्देशकको काम गरिरहेकी थिइन् । एक अन्तरवार्तामा अमिरले पहिलो भेटमा नै प्रेम नभएको खुलासा गरेका थिए । उनले किरणले कामको सिलसिलामा फोन गरेको र उनीहरुबीच आधा घण्टा लामो संवाद भएको खुलाएका थिए । आमिर उक्त फोन कलपछि किरणसँग नजिकिएको बताएका थिए ।
त्यसपछि उनीहरु दुई वर्षसम्म ‘लिभ इन रि’लेश’न’मा बसे । सन् २००५ मा विवाह गरे । विवाह पश्चात उनीहरु स’रोगे’सीमार्फत एक छोराका मातापिता बने । आमिरको पहिलो विवाह बंगाली युवती रीता दत्तासँगभएको थियो । अलग धर्म मान्ने भएकाले उनीहरुको विवाह परिवारको स्वीकृतिबिना नै भएको थियो । तर, उनीहरुको सन् २००२ मा स’म्बन्धवि’च्छेद भएको थियो ।
यो पनि : अभिनेता अजय देवगनले लिए १९ करोड ऋण
बलिउड अभिनेता अजय देवगनले हालै मुम्बईस्थित जुहु क्षेत्रमा नयाँ घर किनेका छन्। अजयले ४७ करोड भारु (७५ करोड नेपाली रुपैयाँ) मा सो घर किनेका हुन्। यही घर किन्न उनले झन्डै १९ करोड भारु ऋण लिएको बलिउड हंगामाले लेखेको छ।
अजयको पुरानो घर ‘शिवशक्ति’ नजिकै भएको नयाँ घर करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ। अजय र उनकी श्रीमती काजोलले गत वर्षदेखि नै नयाँ घर किन्न खोजिरहेका थिए। ‘कपोल कर्पोरेटिभ हाउजिङ सोसाइटी’मा आफूले खोजेजस्तो घर पाएपछि उनीहरुले किन्ने निर्णय लिएका हुन्।
यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा छ। पहिले यो घर भावेश बालकृष्ण वालियाको नाममा थियो। अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताका घरहरु पनि छन्। अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चन उनका छिमेकी भएका छन्।
अभिताभ बच्चनले गत अप्रिलमा जुहु क्षेत्रमा नयाँ फ्ल्याट किनेका हुन्। उनकाे नयाँ फ्ल्याटको मूल्य ३१ करोड भारु परेको थियो। अजय निर्मातासमेत रहेको पछिल्लो फिल्म ‘तान्हाजी’ ले तीन सय ५० करोडभन्दा बढी कमाइ गरेको थियो। हाल उनी ‘मेडे’, ‘थ्यांक गड’ र ‘रुद्र’लगायत फिल्ममा व्यस्त रहेको बलिउड हंगामाले बताएको छ।
यो पनि : ‘गदर २’ मा सनी र अमीषालाई दोहोर्याउने तयारी
बलिउड इन्डस्ट्रीमा ब्लकबस्टर फिल्मको कुरा गर्दा ‘गदर’ को नाम कदापी छुट्दैन । २००१ मा रिलिज भएको यो फिल्म आज पनि दर्शकले उत्तिकै रुचाउने गर्छन् । अब यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक अनिल शर्मा यतिबेला सिक्वेलमा काम गरिरहेको भारतीय मिडियाले बताएका छन् । उनी दोस्रो पार्टमा पनि सनी देओल र अमीषा पटेललाई दोहोर्याउने तयारीमा छन् ।
निर्देशक शर्मा ‘गदर २’ को स्क्रिप्टमा लामो समयदेखि काम गरिरहेको र चाँडै फिल्मको घोषणा हुनसक्ने इन्डिया टाइम्सले उल्लेख गरेको छ । तर, फिल्मका निर्माताले अहिलेसम्म सिक्वेलको विषयमा आधिकारिक जानकारी दिएका छैनन् । निर्देशक अनिलका छोरा उत्कर्षले ‘गदर’ मा सनी र अमीषाको छोराको भूमिका निर्वाह गरेका थिए । उनी पनि सिक्वेलमा दोहोरिने बताइएको छ ।
‘गदर’ १५ जून २००१ मा आमिर खान स्टारर फिल्म ‘लगान’ सँग एकसाथ रिलिज भएको थियो । यसका बावजूद पनि फिल्मले बक्सअफिसमा कयौं रेकर्ड तोडेको थियो । फिल्ममा अमरीश पुरी, सुरेश ओबेरोय, लिलेट दुबे र डली बिन्द्राको पनि मुख्य भूमिका थियो । हालै फिल्म रिलिजको २० वर्ष भएको छ । सनी र अमीषाभन्दा अगाडि गोविन्दा र काजोललाई फिल्म अफर भएको थियो ।
