काठमाडाैं- नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईमाथि प्र/हरीले लाठी प्र\हार गरेर घाइते बनाएको घ\टनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रोसन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकारको पहिचान खुल्दा-खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेकोप्रति आपत्ति जनाएका छन्।
‘असार १९ गते शनिबार विद्यार्थी संगठनद्वारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा विद्यार्थी र प्र/हरीबीच भएको धरपकडका कारण लडेका फोटो पत्रकार राईमाथि पत्रकारको पहिचान खुल्दा-खुल्दै पनि प्रहरीले लाठी प्र/हार गरेको थियो,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्वतन्त्ररूपमा पेसागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्र/हरीद्वारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो।’
महासंघले घ\टनामा संलग्न प्र/हरीमाथि छानविन गरी कारबाही गर्न र यस्ता घट/ना नदोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
