जनता समाजवादी पार्टी फुटको संघार पुगेको छ । महन्थ ठाकुर पक्ष निर्णायक लडाइमा पुगेको हो ।जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बलियो प्रमाण बुझाएको छ ।
अर्थात केन्द्रीय कार्यकारिणी समितिको बहुमत आयोगसमक्ष प्रस्तुत गरेको हो । आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार कार्यकारिणी समितिबैठ बोलाएको थियो । बैठकले बहुमत सदस्यको हस्ताक्षरसहित आयोगमा चिठी दर्ता गराएको छ ।
उक्त चिठीमा ठाकुरसँग निकट मानिएका १८ कार्यकारिणी सदस्य र पछि थप गरिएका २० गरी ३८ व्यक्तिको हस्ताक्षर संलग्न गरिएको छ ।
थप गरिएका कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षरसमेत जोड्दा ठाकुरको पक्षमा आरामले बहमुतमा पुग्छ । यससँगै अब जसपा आधिकारिक रुपमै महन्थ ठाकुर राजेन्द्र महतोहरुको हुने भएको छ ।
पार्टी हत्याउने असफल
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धमा धक्का लागेको छ । ओलीले आफ्नो सरकार जोगाउन ‘युज एण्ड थ्रो’को नीति अपनाएको भन्दै ठाकुर स’शंकित बनेका छन् । ठाकुर अहिले बालुवाटार जान छाडेका छन् । प्रधानमन्त्रीले सत्य कुरा नगरेर आफुहरुलाई झुक्याएको भन्दै ठाकुरले अब ओलीसँग तत्काल कुनै कुरामा सहकार्य नहुने बताएका छन् ।
मधेस र थारुवान आन्दोलनमा सहभागी पार्टी नेता कार्यकर्तामाथिको मु’द्दा फिर्ता, सांसद रेशम चौधरीको रि’हाई र सत्तामा मागेजति मन्त्री पद पाइयो भन्दै पार्टी निर्णयको बेवास्ता गरेर महन्थ पक्ष ओली सरकारमा सहभागी भएको थियो ।
तर,जसपाबाट मन्त्री भएका सबैको मन्त्री पद अदालतले खारेज गरिदिएपछि बालुवाटारसँगको सम्बन्धबाट ठाकुर टाढिएको उनीनिकट नेताले बताए । महन्थले मधेस आन्दोलन, मधेसी जनताको भावना र पार्टीलाई समेत धोका दिएको भन्दै उनीपक्षीय केही नेताले वि’द्रोह गर्न थालेको स्रोतको दाबी छ ।
एकातिर पार्टी कार्यकारिणी समितीमा बहुमत पुर्याउन नक्कली माइन्युट निर्वाचन आयोगमा बुझाएर अप्ठ्यारोमा परेका महन्थ पक्षलाई सरकार बाट समेत धोका भएपछि उनी ओलीसँग रिसाएको बुझिएको छ ।
निर्वाचन आयोगमा असार २२ गते पार्टीको आधिकारिकताबारे उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षको छलफल हुँदैछ । महन्थ पक्षले निर्वाचन आयोगमा दोस्रोपटक पनि मनोमानी ढंगले थप गरिएका कार्यकारिणी सदस्य भन्दै हस्ताक्षर बुझाएपछि पार्टीमा उनको थप आलोचना भईरहेको छ ।
सरकारमा सहभागिता जनाउँदा अदालत बाधक भएको अवस्थामा महत्वपूर्ण नियुक्ति र पार्टी आधिकारिकतामा प्रधानमन्त्री ओलीले सघाउनु पर्नेमा पुनः धोका दिएको महन्थको बुझाई छ ।
पार्टीको आधिकारीकता आफुले नपाउने अवस्था आएमा र अदालतले संसद पुनःस्र्थापना गरिदिएमा आफु पक्षका धेरै नेता उपेन्द्रतिर जाने भन्दै महन्थले यतिबेला पुरानो राजपा ब्युँताउने बारे समेत छलफल गरेका छन् । पछिल्लो समय महन्थको सम्बन्ध प्रधानमन्त्री ओलीसँग भन्दा भारतीय राजदुतसँग बढी हुने गरेको पार्टीकै नेताहरुले आ’रोप लगाएका छन् ।
जसपाको कार्यकारिणी समितिमा अल्पमतमा परेपछि एकपक्षीय रुपमा २० जना थप गर्दा पनि १४ जनाले महन्थको पछिल्लो गतिविधीलाई राम्रो मानेका छैनन् । पूर्वराजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसहित केही प्रभावशाली नेताहरु महन्थसँग असन्तुष्ट छन्
