दार्चुला निवासी माधव भट्ट सवारी दु,र्घटनामा परी यतिबेला आर्थिक अभावको कारण अस्पतालको सैस्यामा जीवन मरणको दोसाँधमा बाचिरहेका छन ।उनको उपचारको लागि क्याप्टेन बिजय लामा लगायत न्यानोपन नेपालको टिम ले रु १० हजारको चेक हस्तान्तरण गरेका छ्न।
नेपाल एयरलाइन्सका बरिस्ठ क्याप्टेन तथा न्यानो पनका अध्यक्ष समेत रहनु भएका मनकारी बिजय लामाले आफ्नो उडान नहुदाको फुर्सदको समय समाज सेवामा खर्चिदै आउनु भएको छ। क्याप्टेन बिजय लामाले लामो समय देखी न्यानो पन नेपाल नामक संस्थामा आवद्ध भइ समाज सेवाका कार्यहरु गर्दै आउनु भएको छ।
दार्चुला लेकम२ कुणि ९देउभा० घर भएर हाल कामको सिलसिलामा धनगढी बस्दै आएका माधव प्रशाद भट्ट गएको जेठ ३० गते धनगढी चौराहा मा मोटरसाइकल दुर्घटना भएर आँखा ,मुख , खुट्टाको विभिन्न भित्रि भागमा ग,म्भीर चोट लागेर सख्त गाइते हुनुभएको छ। अहिले धनगढी निसर्ग हस्पिटल मा उपचाररत हुनुहुन्छ।
घरको आर्थिक अवस्था एकदमै कमजोर भएको , जेठो दाइ समेत बिरामी भएर औषधिकै भरमा बाचेकोले उपचारको लागि आर्थिक संकट देखिएको छ।उनको उपचारका लागि केही सहयोग पुगोस भन्ने हेतुले न्यानोपन नेपालको टिमले उक्त रकम हस्तान्तरण गरेको हो।
न्यानोपन नेपालको उपाध्यक्ष अपरा थापा भट्टराई, महासचिव पासाङ नुर्बु लामा लगायतका न्यानो पन नेपालको टिम बिगत लामो समय देखि भुकम्प,कोरोना,बाढी पहिरो लगायतको प्राकृतिक बिपत्तिको बेला पीडित बनेका मानिसहरुको सहयोगको लागि खटिएको छ। यो टिमले विपत्ति मा मात्रै नभएर आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या परेका मान्छे हरुलाई पनि सहयोग गर्दै आएको छ।
जुनसुकै बिपत परेको बेलामा होस् या दुख परेको बेला होस् नेपालिहरुको पिडामा मलम लगाउन सधैं अग्रसर रहने गर्छ न्यानोपन नेपाल, न्यानोपन नेपालले बिगत लामो समय देखि हरेक दुखी, असहाय विपन्न परिवारहरुलाई सहयोग गर्दै आइरहेको छ। न्यानो पन नेपाल अहिले हरेक नेपालीहरुको सहारा बन्दै छ।
