काठमाडौ । तत्कालिन राजा विरेन्द्र विरविक्रम शाहको परिवारसंग नाम जोडिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा फेरी एक पटक चर्चामा आएकी छन् । उनी बहुराष्ट्रिय कम्पनी कोकाकोला भारतकी उपाध्यक्ष नियुक्त भएकी छन्। भारतीय संचार माध्यमले त्यसवारे समाचार प्रकाशन गरेका छन् ।
देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको भारतीय मिडियाले जनाएका छन् । देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन्। दरवार घटनाको ५ वर्षपछि देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्।
यसअघि उनी कार्टरपिलर इन्डियामा भारत, नेपाल र भुटानका लागि जनसम्पर्क निर्देशकका रुपमा कार्यरत थिइन्। नेपालमा दरबार घटना हुँदा देवयानीको नाम चर्चामा थियो । देवयानीसंगको प्रेम परिवारले स्वीकार नगरेका कारण दिपेन्द्रले घटना गराएको बताइएको थियो । आफ्नो प्रेम स्वीकार नगरेका कारण दिपेन्द्रको आमाबुवासँग मनमुटाव भएको र दरवार घटना भएको सो घटना छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
