मोरङको रंगेलीमा दुई दिनदेखि हराइरहेका एक पुरुष घरनजिकैको खोलामा मृत फेला परेका छन् । रंगेली नगरपालिका–३ का ५१ वर्षीय हिमप्रसाद धिताललाई सोमबार बिहान ८ : ३० बजेतिर गडिया खोलामा मृ,त फेला पारिएको प्र,हरीले जनाएको छ ।
काम गर्न जान्छु भनेर घरबाट हिँडेका उनी गत शनिबारदेखि परिवारबाट सम्पर्कविहीन बनेका थिए । ज्याला मजदुरी गर्दै आएका धितालको घरदेखि खोला लगभग एक किलोमिटर टाढा पर्छ । खोला किनारमा झाडीमा अड्किएको र घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । बाढी आएको खोला तर्ने क्रममा केहीमाथिबाट बगाएर धिताललाई ल्याएको हुनसक्ने प्र,हरीको अनुमान छ । स्थानीय बासिन्दाले खोला किनारमा शव देखेपछि प्र,हरीलाई खबर गरेका थिए ।
इलाका प्र,हरी कार्यालय रंगेलीका प्र,हरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि रंगेली अस्पताल ल्याएर घटनाको अनुसन्धान थालेको छ । मृ,त्युको कारण यकिन हुन बाँकी छ । खोलाले बगाएर मृ,त्यु भएको हो वा ,मृ,त्युको कारण अरु नै छ भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आइसकेपछि खुल्ने प्र,हरीको भनाइ छ ।
