नेपाली उद्यमशीलता, सामाजिक उत्तरदायित्व र व्यावसायिक उत्कृष्टताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेललाई प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ प्रदान गरिएको छ ।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले धरेललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले धरेललाई व्यावसायिक निष्ठा, उत्कृष्ट नेतृत्व क्षमता, ग्राहकप्रति समर्पित सेवा भावना र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप सम्मानित गरिएको बताएका छन् ।
धादिङ जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मभूमि बनाएका तारालाल धरेल मेहनत, लगनशीलता र दूरदर्शी सोचका कारण सफल युवा व्यवसायीका रूपमा स्थापित भएका छन् । उनको कुशल नेतृत्वमा फर्निचर तथा इन्टेरियर डिजाइनको क्षेत्रमा अग्रणी सोफा हब काठमाडौंले नयाँ उचाइ हासिल गरेको छ ।
व्यवसायिक सफलतासँगै धरेल सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । सहकारी अभियान, पर्यटन प्रवद्र्धन, विभिन्न सामाजिक संघसंस्था मार्फत समुदायको विकासमा उनको निरन्तर योगदान रहेको छ । उनलाई कुशल व्यवस्थापक, प्रखर वक्ता, समाजसेवी र युवा उद्यमशीलताको प्रेरणादायी पात्रको रूपमा चिनिन्छ ।
अवार्ड प्राप्तिपछि तारालाल धरेलले उक्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धि नभई ग्राहक, सहकर्मी, शुभचिन्तक तथा सम्पूर्ण सहयोगीहरूको विश्वास र साथको प्रतिफल भएको बताए । उनले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर व्यवसाय तथा समाजसेवामा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
यो सम्मानले नेपाली निजी क्षेत्रको सकारात्मक भूमिका र उद्यमशीलताको सफल यात्रालाई पनि उजागर गरेको छ ।
