काठमाडौँ । आज बिहानै दार्चुलामा आगलागी भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गाजरीमा रहेको स्थानिय बाशुदेव भट्टले सञ्चालन गरेको जयहरी समिल तथा काष्ठ उद्योगमा बिहिवार बिहान २ बजेतिर अचानक आगलागी भएको हो । आगलागीका कारण दिन दुःखीको सहारा बन्दै आएका भट्टमाथि ठुलो बज्रपात परेको छ ।
मिलमा एक्कासी आगो बलिरहेको देखेपछीे सुदेवका घरबेटिले उनलाई आत्तिदै बोलाएका थिए । बाशुदेवको होस उड्यो हतारिदैँ त्यहाँ पुग्दा आधा भन्दा बढी काठ जलिसकेको उनको भनाई छ । त्यसपछि हल्ला खल्ला भयो , प्रहरीलाई खबर गरे र आगो निभाउन थालेको भट्टको भनाई छ ।
आफुहरुले थाहा पाएको करिब ३ घण्टापछि बिहान करिब ५ बजे तिर आगो नियन्त्रणमा आएको भट्टको भनाई छ । भाडामा बसेको छु,उनले भने , यतकिा वर्षदेखी चलाउँदै आएको मिलमा कसैले नियोजित तरिकाले आएर आगो लगाइदियो। आगलागी हुँदा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि करिब २३ लाख बराबरको धनमाल जलेर नष्ट भएको उनको भनाई छ ।
उक्त मिलमा दुइजना स्टाफ थिए । ति दुबै बिदामा गएको बेला काठ सहित घर पनि जलाइदिएको भट्टको भनाई छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। अरुको दुःख देख्न नसक्ने उनलाई अहिले थामिनसक्नुको पिडाले घेरेको छ ।
समाजसेवि रमिलनसार स्वभावका उनले त्यहाँ स्थित ४ वटा पालिकाका मान्छेहरुको दाहसंस्कारका लागि लाग्ने दाउरा निशुल्क रुपमा दिदैँ आएका थिए । अरुको भलाई चाहाने उनैमाथि यतिबेला ठुलो बज्रपात परेको छ । उनैको कमाइ खाने मिल यतिबेला आगोले नष्ट भएको छ ।
