बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ३ थाम घर भएका ३० वर्षिय बिरेन्द्र विष्ट भारतको बेङ्गलोरमा बेपत्ता भएका छन।
बिरेन्द्र चार दिन देखि बेपत्ता रहेका उनका आफन्त भान सिंह बिष्टले जानकारी दिएका छन ।बेङ्गलोर सरदारजीका ढाबा रुपेना माडी वाला होटल्मा काम गर्दै आएका विष्ट कोठाबाट सरसफाइका लागि साबुन ल्याउछु भनेर निस्केका थिए।
विष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
विष्ट बेपत्ता भएपछि खोजि कार्यका लागि सबैलाई आग्रह गरिएको छ ।उनलाई कसैले काहिँ कतै देखे ८९०४१४२०४४ मोबाइल नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
