बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । सुन्दा अचम्म र हास्यास्पद लागेपनि उनले आफुले कसैगरी पनि रिण तिर्न नसकेपछि पिडा खप्न नसकेर आफ्नो परिवारका सबै कामा गर्न सक्षम रहेको भन्दै बैंकलाई पत्र लेखेका हुन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् । उनले बैंकमा काम गरेवापत जम्मा ३ हजार मात्रै तलब दिएर अरु पैसाले किस्ता घटाउन अनुरोध गरेका छन् ।
ऋणको साँवा र ब्याज तिर्न नसकेको पछि घरजग्गा लिलामीमा चढेको तर आफूसँग सो रकम तिर्न पैसा नभए पछि बैंकमै जागिर खाएर घटाउन आफूले पत्र पठाएर प्रस्ताव गरेको विकर्ले बताए ।बैंकका कर्मचारीले पटक पटक फोन गर्ने तथा घरमै आएर पैसा तिर्न दवाब दिएपछि उनले यस्तो गरेको बताएका छन् । आफुसंग तिर्ने पैसउा नै नभएपछि केही सिप नलागेर बैंकलाई पत्र पठाएको उनको भनाई छ ।
आफुले रिण नर्तिने मनासाय नभई तिर्ने इच्छा हुदाह’दै पनि आर्थिक अवस्था खस्कीएपछि बैकले लिलामि गर्ने पत्र थमाएपछि उनी अत्तालिएका छन् । फेरी लोन थपेर ब्यावसायलाई बिउताउन खोजेपी बैकले नपत्याएको उनको भनाई छ । यी सबै समस्या भएपछि बैकको गार्ड भएर आफुले काम गर्न सक्ने म्यासेन्जररको रुपमा आफ्नी श्रीमतीले काम गर्न सक्ने र १२ पास गरेको छोरालाई पनि योग्यता अनुसारको काम दिएर रिण चुक्ता गर्न भन्दै बैकलाई पत्र लेखेको उनको भनाई छ । २० लाख लोन दिएका उनले ११ लाख तिरिसके अरु लोन तिर्न समस्या भएको उनको भनाई छ ।
‘मैले यस बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गर्न खोजेको तर सबै ठप्प भएको र हामी सपरिवार बेरोजगार भयौँ,’ बैंकलाई पठाइएको पत्रमा भनिएको छ । ‘बेरोजगार भएका कारण हाल कर्जाको भुक्तानी दिने वा किस्ता बुझाउन असमर्थ भएकोले हामी सपरिवार सल्लाह गरी म घरको मुली मान्छे चन्द्र बहादुर बिक त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया बिक कार्यालय सहयोगी भइ काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।’
चन्द्र बहादुरले आफूहरूलाई खर्च चलाउन पुग्ने मासिक ३ हजार मात्रै भुक्तानी दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् । बिक ले आफूहरूको परिवारहरूलाई जागिरको व्यवस्था गरिदिन पत्रमा अनुरोध गरेका छन् । सो पत्र हुलाकमार्फत बैंकको केन्द्रिय कार्यालय काठमाडौँलाई समेत पत्र पठाएको उनले बताएका छन् । बैंकले आफ्नो जग्गा जमिन लिलामी गर्न सूचना निकालेपछि यस्तो निर्णयमा पुगेको विकले भनेका छन् ।
लकडाउन भएर उनको आफ्नो कुखुरा ब्यावसायमा पनि घाटा लागेपछि उनको ब्यावसायसंगै घरको आर्थिक अवस्था खस्कीदै गएपछि बैंकको किस्ता तिर्न नसकेको उनले बताएका छन् ।

