राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बैंक खातामा पैसा नै जम्मा नभएको दाबी गरेका हुन्।
कान्तिपुर दैनिकले सोमबार ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा शीर्षकमा समाचार लेखेको थियो। यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पत्रकार सम्मेलन गरेका थिए।
