दर्शक वृन्द वीरगन्जबाट निकै भयानक र डरलाग्दो खबर प्राप्त भएको छ। एतिबेला वीरगन्ज शोकमा डुबेको छ । एक बाबुआमालाई आफ्नो सन्तान को मायाँ कति हुन्छ भनेर उनीहरूबाहेक अरु कसैलाई थाहा होला र? आफ्नो सन्तान जस्तो भए पनि सबैलाई राम्रो र प्यारो लाग्छ । आफ्नो सन्तानको मायाँ अथाह हुन्छ । उनीहरुको लालन, पालन , पढाइलेखाई मा आफूलाई बिर्सिदिन्छन् । आफ्नो छोराछोरीको सपनालाई आफ्नो सपना बनाइदिन्छन् । रिण खोजेरै भए पनि उनीहरुलाई पढाउँछन्, र उनीहरुलाई केही अप्ठ्यारो नहोस् भनी दिन रात मेहनत गर्छन् ।
आफ्नो सन्तानको पना पुरा हुँदा उनीहरू सारा पिडा बिर्सिन्छन् पनि । तर आस बोकेका सन्तानको नै लास बोक्नुपर्दा एक बुवा आमाको मन कसरी थामिएला ? पढाएर लेखाएर भोली राम्रो गर्लान , समाजमा राम्रो मान्छे बन्लान् बाबु आमाको शिर उच्चो पार्लान पर्दाखेर घर चलाउन सहयोग गर्लान भन्ने आश रहेको सन्तानको कलिलो उमेरमै ज्यान जाँदा कसको मन थामिएला ।
डाक्टर बनाउने आशामा पढ्न पठाएको छोराको एक्कासी मृत्युको खबर आउँदा यति बेला वीरगन्जका दुई परिवार यति बेला आशुको तालमा डुबेको छ । पढाई सकेर अब डाक्टर बन्ला भन्ने आश गरेको छोरो एक्कासी अस्ताएको खबर आउँदा उनीहरुमाथी ठुलो बज्रपात परेको छ । डाक्टर बन्दै गरेका ती दुई साथी यति बेला डाक्टरले पनि बचाउन नसक्ने स्थितीमा पुगेका छन् । उनीहरुको त्यो सपना अब सधैँका लागि चकनाचुर भएको छ । वीरगन्जमा एमबिबिएस पढ्दै आएका दुई साथी एकै ठाउँमा अस्ताएका छन् ।
पछिल्लो समय सडक दुर्घटनाका घटनाहरु निकै बढ्न थालेका छन् । पछिल्लो केही दिन देखि बस , जिप कार र मोटरसाइकल दुर्घटनाका खबरहरु सञ्चारमाध्यममा आइनै रहेका छन् । पर्साको वीरगन्जमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका हर्दिया निवासी २३ वर्षका सन्दीप यादव र धनुषाको सबैला नगरपालिका निवासी सुमित यादव रहेका छन्। प्रहरीका अनुसार उनी दुवै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।
वीरगन्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट तल झाडीमा खसेको देखिएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
