सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले १ साताभित्र झन्डै १३ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार पसार र बिक्रीमा संलग्न १५ जना भारतीय सहित ५ जनालाई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गाँजा नियन्त्रण लिन २ राउण्ड गोली समेत चलाउनु परेको छ । प्रहरीका अनुसार सुनसरी र धनकुटाको सीमा भेडेटारबाट तेलको ट्याङ्करबाट प्रहरीले ६ सय केजी गाँजा बरामद गरेको छ।
पेट्रोलियम पदार्थ बोक्ने को १ ख ७३२२ नं को ट्याङ्कर लुकाएर लैजाँदै गरेको अवस्थामा बुधवार बिहान २ बजे गाँजा बरामद भएको हो ।
२ केजीको दरमा रहेको ३ सय पोका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । मङ्गलवार वराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सप्तकोसी नदी किनारबाट ४ सय ६ केजी गाँजा प्रहरीले नियन्त्रणमा प्रहरीले लियो लागूऔषध गाँजा लोड भएको बोलेरो गाडी सहित दुई जना पक्राउ परे ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।
