सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन् ।
उजुरी निवेदनमा ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको उल्लेख गरेका छन् ।
सफलले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
निवेदनमा ‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि सङ्गठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिस्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, लेखेका छन् । साथै उनले यस विषयमा थप अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा पत्राचार गरिदिन समेत रजिस्टार समक्ष अनुरोध गरेका छन् । यस अघि पनि युवराज सफलले रवि लामिछानेविरुद्ध विभिन्न विषयमा मुद्दा समेत हालेका थिए । यसबारे रबी लामिछानेले भने आफू जानाकार नभएको बताउँदै आएका छन् । पछिल्लो समय सहकारी विवादमा मुछिएका रबी लामिछानेले केही दिन अघि मात्रै पब्लिकेशन्स लिमिटेडविरुद्ध गालि बेइजतीको मुद्दा हालेका थिए ।
कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको भन्दै लामिछानेले कान्तिपुरविरुद्ध मुद्दा हालेका हुन् ।
पछिल्लो समय उनी विरुद्ध ,लामिछानेका तर्फबाट सुप्रिम सहकारीका बचतकर्ताको १ करोड गोर्खा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरिएको , अहिलेसम्म पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, साद्वारा चितवन सहकारीबाट ११ करोड ७१ लाख, बुटा रोको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको पुष्टि,लगायतका आरोपहरु लागेका छन् ।
