बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथी चप्पल प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा दुर्गा प्रसाईँलाई एक युवाले चप्पल प्रहार गरेका छन् , त्यतीले मात्रै नपुगेर फेरी मुक्का प्रहार गर्न लाग्दा उनलाई अन्य व्यक्तिले रोकेको देखिन्छ ।
आखिर ती युवा किन प्रसाईँमाथि खनिए होलान् त?
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरि चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । व्यवसायी दुर्गा प्रसाईँ नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ’ नामक अभियानका लागि बागलुङ पुगेका थिए । बिहीबार बागलुङ स्थित उक्त कार्यक्रममा प्रसाईँमाथि हातपातको प्रयास भएको हो ।
मञ्चमा उक्लिन लागेका बेला प्रसाईँलाई बागलुङ नगरपालिका– ७ का ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।केही महिनाअघि बैंकरलाई कालो मोसो दल्ने अभियान सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सोमबार आफू नै कालो मोसोको सिकार बने । केही युवाहरुले उनलाई कालो मोसो दल्दै उनीविरुद्दको नारा लगाए । उनले विभिन्न कार्यक्रममा उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेतृत्व तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माको समेत आलोचना गर्दै आएका छन् ।
